बीमा दाबीको क्षति मूल्याङ्कनमा अब स्वचालित रूपमा सर्भेयर छनोट हुने

Sep 30, 2026 - 07:16
 0  5
बीमा दाबीको क्षति मूल्याङ्कनमा अब स्वचालित रूपमा सर्भेयर छनोट हुने

१४ असाेज,काठमाडौं । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाएको छ। यसका लागि ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी र सुशासनमा आधारित बनाउन उक्त प्रणाली विकास गरिएको हो। हाल सबै सर्भेयरको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट गर्नेछ।

यसबाट एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्था पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने कार्यालयले जनाएको छ।

सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरणसमेत प्रणालीबाट अनुगमन गर्न सकिनेछ। स्वचालित प्रणाली कार्यान्वयनमा आएपछि बीमा दाबीको क्षति मूल्याङ्कन प्रक्रिया थप पारदर्शी हुनुका साथै समय र लागत घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0