बिहीबारदेखि राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

Sep 23, 2026 - 14:29
 0  9
बिहीबारदेखि राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यक नपरेसम्म लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबारदेखि रातिको समयमा समेत यात्रा नगर्न अनुरोध गरेको हो । यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न महासंघले आफ्ना सदस्य व्यवसायीलाई सचेत गराएको छ ।

यस साता निरन्तर वर्षा हुने तथा त्यसका कारण विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले समेत सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

सोही अनुरूप महासंघले यातायात व्यवसायीलाई सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको जनाएको छ । महासंघले मौसम तथा सडकको अवस्था प्रतिकूल भएमा जोखिम मोलेर यात्रा नगर्न र सम्भावित दुर्घटना तथा विपद्बाबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।फाईल फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0