बाढी गएको ११औँ दिनमा माथिल्लो त्रिशुली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

Sep 5, 2026 - 13:45
 0  4
बाढी गएको ११औँ दिनमा माथिल्लो त्रिशुली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२० भदाै,काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि उक्त टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। बाढी गएको ११औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो। उद्धारपछि उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

 नेपाली सेना तथा विदेशी विज्ञ टोलीको समन्वयमा उद्धार कार्य गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0