इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु
२२ कातिक,ईटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।
कोशी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुने दुवै पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0