ठमेलको एक होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

Nov 26, 2026 - 10:55
 0  12
ठमेलको एक होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

ईर्साद अन्सारी

१० मंसिर,काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

 जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

 बुधबार दिउँसो करिब १ बजे स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गरेको थियो।

 जाँचका क्रममा ५० लाख ५० हजार नेपाली रुपैयाँ, ४ हजार २१५ दशमलव ०९ ओमानी रियाल र ५५ यूएई दिरामसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई काठमाडौंको ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

 बरामद रकम तथा विदेशी मुद्राको स्रोत नखुलेको भन्दै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0