पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु
ईर्साद अन्सारी
२९ असाेज,बारा । कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।
पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–बुटवल सडकखण्डमा भएको उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0