पाँचथरमा ट्रामाडोलसहित ४ जना पक्राउ, २ हजार ५ सय ४० ट्याब्लेट बरामद
१८ असाेज,पाँचथर । पाँचथरमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार असोज १६ गते फिदिम नगरपालिका–१ शनिबारेमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा ट्रामाडोल १ हजार २ सय ७० ट्याब्लेट र स्पास पेन प्रो १ हजार २ सय ७० ट्याब्लेट गरी जम्मा २ हजार ५ सय ४० ट्याब्लेट बरामद गरेको हो।
प्रहरीले घटनामा पाँचथर हिलिहाङ गाउँपालिका–७ घर भई हाल फिदिम–१ बस्ने एक जना, फिदिम नगरपालिका–११ फेवादिन घर भई हाल फिदिम–१ बस्ने एक जना, फिदिम–१ का एक जना र सुनसरी धरान उपमहानगरपालिका–१४ घर भई हाल हिलिहाङ–७ टाँरीमा बस्ने २१ वर्षीय उज्वल तिम्सिनालाई पक्राउ गरेको जनाएको छ
। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामचन्द्र साहका अनुसार बरामद लागुऔषध र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0