पथलैयामा अचेत अवस्थामा भेटिएका ५४ वर्षीय थापाको उपचारका क्रममा मृत्यु

Sep 21, 2026 - 23:28
 0  10
पथलैयामा अचेत अवस्थामा भेटिएका ५४ वर्षीय थापाको उपचारका क्रममा मृत्यु

५ असाेज,बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित १ नम्बर पुल नजिकै अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

पथलैया बस्ने जनकबहादुर थापाका छोरा ५४ वर्षीय राम थापा सोमबार साँझ करिब ६ बजे घरबाट करिब १०० मिटर पूर्वतर्फ अचेत अवस्थामा लडिरहेको अवस्थामा भेटिएका थिए।

 उनका आफन्तले साँझ ६ः४० बजे प्रहरी चौकी पथलैयामा जानकारी गराएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले थापालाई उपचारका लागि सिमरा नगर अस्पताल पठाएको थियो।

अस्पताल पुर्‍याइएका थापाको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। उनको साँझ ६ः५० बजे उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका थिए। शव हाल सिमरा नगर अस्पतालमै राखिएको छ।

 घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा सोकोसहितको मुचुल्का टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 1
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0