सरकारको निर्णयविरुद्ध अदालत जाने विषयमा छलफल गर्दै बर्खास्त आईजीपी कार्की
१८ कात्तिक,काठमाण्डाैं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट बर्खास्त भएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध अदालत जाने विषयमा छलफलमा जुटेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट बर्खास्त गर्दै मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । सरकारको निर्णयपछि कार्कीले उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्ने विषयमा छलफल गरिरहेको स्रोतले बताएको छ ।
अदालत जाने वा अन्य कानुनी विकल्प अपनाउने भन्नेबारे परामर्श भइरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0