प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त, मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
१८ कात्तिक,काठमाण्डाैं । । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको हो ।
सरकारले सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने देखिएपछि उनलाई पदमुक्त गरी प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिने बाटो अपनाएको बताइएको छ ।
पछिल्ला विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
यसैगरी, सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0