एक लाख रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालयका नायब सुब्बा पक्राउ
१८ कात्तिक,बारा । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले कार्यालयको मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमल्सिनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो
। ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित जग्गाको मोही नामसारी तथा बाँडफाँटको काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ।
अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। घटनाबारे आयोगले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0