नेपाल प्रेस युनियन बाराको आठौँ जिल्ला अधिवेशन स्थगित

Sep 4, 2026 - 20:25
 0  14
नेपाल प्रेस युनियन बाराको आठौँ जिल्ला अधिवेशन स्थगित

१९ भदा‌,बारा । नेपाल प्रेस युनियन, बारा शाखाको २०८३ भदौ २० गते शनिबार आयोजना गर्ने तय भएको आठौँ जिल्ला अधिवेशन स्थगित गरिएको छ।

बाराको सदरमुकाम कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गर्ने तयारी गरिएको अधिवेशन नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशनपछि स्थगित गरिएको हो।

नेपाल प्रेस युनियन बारा शाखाका सचिव राजेश कुशवाहाद्वारा शुक्रबार जारी सूचनामा सदस्यता नवीकरणलगायतका विषयमा उजुरी तथा विवाद रहेको र ती विषयको टुंगो नलागेसम्म अधिवेशन स्थगित गर्न केन्द्रीय समितिबाट निर्देशन प्राप्त भएको उल्लेख छ।

 केन्द्रीय समितिको निर्देशनअनुसार भदौ २० गतेका लागि निर्धारित अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको शाखाले जनाएको छ। अधिवेशनको नयाँ मिति, स्थान तथा अन्य आवश्यक कार्यक्रमबारे सम्बन्धित निकायसँग समन्वय गरी पुनः सूचना प्रकाशित गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0