नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, २३ वर्षीय युवक पक्राउ

Sep 4, 2026 - 18:53
 0  20
नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, २३ वर्षीय युवक पक्राउ

१९ भदाै,काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम असुल गर्ने एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्ने २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।

प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको दाबी गरेका थिए। महिलाका नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गर्ने र रकम नदिए सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

धम्की दिएर उनले पीडित महिलाबाट ९ लाख ९५ हजार रुपैयाँ रकम लिएको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढालाई फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बुढाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0