देशभर बदली,बागमती–गण्डकीका पहाडी जिल्लामा भारी वर्षाको सम्भावना
६ असाेज,काठमाडौं । देशका अधिकांश भूभागमा मंगलबार मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
मंगलबार दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा पनि साधारणतया बदली रहने तथा केही स्थानमा मध्यम वर्षासँगै एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो तथा राति समेत केही स्थानमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
रातिको समयमा पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने तथा विभिन्न प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वर्षाको समयमा मेघगर्जन र चट्याङको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0