देवानगन्जमा गोली चल्दा निरज यादव घाइते, प्रहरीद्वारा दुई जना पक्राउ

Sep 19, 2026 - 19:38
 0  7
देवानगन्जमा गोली चल्दा निरज यादव घाइते, प्रहरीद्वारा दुई जना पक्राउ

३ असाेज,विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहार हुँदा एक युवक घाइते भएका छन्।

गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्। यादवको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

 घटनास्थलमा प्रहरी परिचालन गरिएको र आफू पनि घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिए। देवानगन्जमा यसअघि पनि दुई समुदायबीच झडप भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0