​2. लागुऔषध कारोबारमा संलग्न आरोपमा स्कुल बस चालकसहित चार जना पक्राउ

Nov 19, 2026 - 16:24
 0  8
​2. लागुऔषध कारोबारमा संलग्न आरोपमा स्कुल बस चालकसहित चार जना पक्राउ

ईर्साद अन्सारी

३ कातिक,काठमाडौं । काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ८८ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। 

​लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा गत मंसिर १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरिएको हो।

 ​पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहारस्थित मधुवनी जिल्लाका २२ वर्षीय कमलेश कुमार साह रहेका प्रहरीका अनुसार उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइनका साथै दुई थान डिजिटल तराजु, दुई लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल फोन बरामद गरिएको छ। ​

ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको खुलेको छ। ​पक्राउ परेका चारै जनामाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0