जितिया पर्वमा नुहाउन गएका दुई किशोरीको पोखरीमा डुबेर निधन, गाउँ नै शोकमा

Oct 3, 2026 - 19:48
 0  6
जितिया पर्वमा नुहाउन गएका दुई किशोरीको पोखरीमा डुबेर निधन, गाउँ नै शोकमा

१७ असाेज,बारा । जितिया पर्वमा नुहाउन गएका दुई किशोरीको पोखरीमा डुबेर निधन भएपछि बाराको देवताल गाउँपालिका–६ रौवाही गाउँ शोकमा डुबेको छ।

 मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीका राजेश पटेलकी अन्दाजी १४ वर्षीया छोरी चाँदनी पटेल र सोही वडाका भोला पटेलकी छोरी निशा पटेल रहेकी छन्।

 जितिया पर्वका अवसरमा स्थानीय पोखरीमा नुहाउने क्रममा दुवै किशोरी डुबेका थिए। घटना भएपछि स्थानीयले उद्धारको प्रयास गरे पनि उनीहरूको ज्यान जोगाउन नसकिएको जनाइएको छ।

 घटनापछि दुवै किशोरीको शव पोस्टमार्टमका लागि बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पताल लगिएको देवताल गाउँपालिका–५ का वडा अध्यक्ष सुरेश साहले बताएका छन्।

जितिया पर्वको उल्लासका बीच भएको दुःखद घटनाले रौवाहीसहित देवताल गाउँपालिकाको स्थानीय समुदायमा शोक छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0