चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ

Aug 25, 2026 - 10:18
 0  1
चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ

८ भदाै,चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान करिब ३ः४० बजे राप्ती नगरपालिका–१० स्थित चिप्लेटीमा विशेष सूचनाका आधारमा प्रहरीले कार जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरी टोलीले भित्री बाटो हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारलाई रोकेर खानतलासी गर्दा कारको पछाडिको डिक्कीमा रातो प्लास्टिकलाई बाहिरबाट सेतो पानी टेपले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ।

 प्रहरीका अनुसार चारपाटे आकारमा तयार पारिएका १२ वटा पोकामा रहेको उक्त गाँजा तौल गर्दा १६८ किलो ग्राम भएको खुलेको छ। गाँजासहित कार चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा कारसहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतबाट चार दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0