चितवनमा ट्याक्टर र बलेरो जिप एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु, १० जना घाइते
१८ असाेज, चितवन । चितवनको कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो जिप एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
सोमबार दिउँसो १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा दिउँसो २ः३९ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ।
घाइतेमध्ये बलेरोमा सवार कालिका–३ की ५२ वर्षीया सावित्री माझी, कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ, कालिका–३ की २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा विक, ४२ वर्षीया लालकुमारी गुम्बा, बलेरो चालक ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ र कालिका–३ की ३५ वर्षीया सितामाया श्रेष्ठ रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0