घुसको ९ लाख लिन पुगेका नापी अधिकृत अख्तियारको फन्दामा
१ असाेज,काठमाडौं । नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वलीलाई बुधबार काठमाडौंको बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो । आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस रकम लिएका थिए ।
९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित वलीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका वलीविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता न्यौपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0