कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
२१ असाेज,काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय पाण्डेलाई बुधबार रानीबारी चोकबाट पक्राउ गरिएको हो ।
सफल ग्लोबल कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन् ।
सोही भिडियोको आधारमा घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा पाण्डेलाई नियन्त्रणमा लिई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पाण्डेलाई असोज २० गते पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0