सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो गाँजा बरामद

Nov 12, 2026 - 11:07
 0  8
सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो गाँजा बरामद

२६ कातिक,सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाबाट २३१ किलो ८०० ग्राम गाँजा बरामद गरिएको छ।

प्रहरीका अनुसार बलान खोलाको बीचमा खाल्डो खनेर गाँजा लुकाई राखिएको विशेष सूचनाका आधारमा बिहीबार बिहान करिब १ बजे प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ २३१ किलो ८०० ग्राम फेला परेको प्रहरीले जनाएको छ। गाँजा लुकाएर राख्ने व्यक्ति भने घटनास्थलमा फेला परेका छैनन्।

बरामद पदार्थ कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0