मकवानपुरको भीमफेदीमा ईभी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते
२६ कातिक,बारा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाको समयमा गाडीमा चालकसहित १५ जना सवार थिए। दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जनाइएको छ।
घटनालगत्तै सशस्त्र प्रहरी बल सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको छ। नेपाल प्रहरी र नेपाली सेनासहितको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0