काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो दुर्घटना, ४ जनाको मृत्यु

Sep 15, 2026 - 17:00
 0  14
काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो दुर्घटना, ४ जनाको मृत्यु

३० भदौ,बारा । काठमाडौं‍बाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो मकवानपुरमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको माइक्रो मंगलबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।

माइक्रोमा आठ जना सवार रहेकोमा चार जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

दुर्घटनामा चार जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने अन्यलाई काठमाडौंंतर्फ लगिएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले बताए।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0