उपचार गर्न जाने क्रममा लालबकैया खोलामा हाम फालेका २५ वर्षीय यादव बेपत्ता

Sep 25, 2026 - 15:43
 0  8
उपचार गर्न जाने क्रममा लालबकैया खोलामा हाम फालेका २५ वर्षीय यादव बेपत्ता

९ असाेज,बारा, असोज ९ गते । बारा जिल्लाको कचोर्वा निवासी २५ वर्षीय सचिन्द्र यादव उपचारका लागि रौतहटतर्फ जाने क्रममा लालबकैया खोलामा हाम फालेर बेपत्ता भएका छन् ।

 शुक्रबार दिउँसो करिब १ बजे मौलापुरस्थित पुलबाट यादवले खोलामा हाम फालेको प्रहरीले जनाएको छ । भाइ सतेन्द्र यादवसँग मोटरसाइकलमा उपचारका लागि रौतहटतर्फ जाने क्रममा सचिन्द्रले मोटरसाइकल रोक्न नपाउँदै अचानक भागेर पुलबाट खोलामा हाम फालेका थिए ।

मोटरसाइकल चालकसमेत रहेका भाइ सतेन्द्रले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन् । सचिन्द्र डिप्रेसनमा रहेको र उनलाई उपचारका लागि गरुडातर्फ लैजाँदै गरेको सतेन्द्रले प्रहरीलाई बताएका छन् ।

 घटनापछि मौलापुर प्रहरीको टोलीले बेपत्ता यादवको खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0