उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि धक्का
२० असाेज,काठमाडौं । भारतको उत्तराखण्डमा मंगलबार राति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का नेपालको सुदूरपश्चिमका केही क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ।
युरोपियन मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)का अनुसार मंगलबार राति करिब १० बजेर ३८ मिनेटमा उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्र नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिमतर्फ रहेको विवरण सार्वजनिक भएका छन्। भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न स्थानमा महसुस गरिएको बताइएको छ
। यद्यपि भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)ले भने यही घटनाको म्याग्निच्युड ४.९ र केन्द्रबिन्दु उत्तराखण्डको चमोली आसपास रहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0