इलाममा फल्स बटम बनाएर लुकाइएको १ हजार ५ सय किलो गाँजा बरामद
७ असाेज,इलाम, असोज ७ गते । इलाममा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले १ हजार ५ सय ४ किलो ६ सय १० ग्राम गाँजा बरामद गरेको हो ।
असोज ६ गते बेलुकी प्रहरी चौकी गोलाखर्कबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना.४ ख ८९९६ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपी प्लास्टिकका ४१ वटा बोरामा गाँजा लुकाइराखिएको अवस्थामा फेला परेको थियो । गाँजा बरामद भएपछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ ।
गाँजा ओसारपसारमा संलग्न चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0