इलामको रोङमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या
३१ असाेज,काठमाण्डाैं । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
आफ्नै घरको बरण्डामा शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा ५५ वर्षीय कमल परियार मृत फेला परेका हुन्। स्थानीयका अनुसार शनिबार बिहान ८:३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको हो
। घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा परियार विगत चार वर्षदेखि आफ्नै घरमा एक्लै बस्दै आएको खुलेको छ। उनको हत्या कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न व्यक्ति हाल फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0