जाजरकोटमा अटो दुर्घटना : दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

Oct 17, 2026 - 17:05
 0  5
जाजरकोटमा अटो दुर्घटना : दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

३१ असाेज,काठमाण्जाडाैं । जरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान करिब ११:१५ बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेर दुर्घटना भएको हो।

 दुर्घटनामा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। दुर्घटनाग्रस्त अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0