हिमेश पन्तसँगको विवाद प्रेस काउन्सिल लैजाने सहमतिपछि किशोर श्रेष्ठ रिहा

Oct 17, 2026 - 17:49
 0  6
हिमेश पन्तसँगको विवाद प्रेस काउन्सिल लैजाने सहमतिपछि किशोर श्रेष्ठ रिहा

३१ असाेज,काठमाडौं — जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्।

 उनीसँग सम्बन्धित विवाद प्रेस काउन्सिल नेपालमार्फत समाधान गर्ने सहमति भएपछि प्रहरीले श्रेष्ठलाई रिहा गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा पक्राउ परेका श्रेष्ठलाई विवादित विषय प्रेस काउन्सिलमा लैजाने सहमतिपछि रिहा गरिएको हो।

सहमतिअनुसार पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा थप पोस्ट नगर्ने भएका छन्। धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएपछि पन्त र  प्रधानसम्पादक श्रेष्ठबीच विवाद उत्पन्न भएको थियो।

सोही समाचारलाई लिएर पन्तले साइबर ब्यूरोमा उजुरी दिएका थिए। श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै उनलाई बिनाशर्त रिहा गर्न माग गरेको थियो।

 समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियाअन्तर्गत प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नुपर्ने महासंघको धारणा थियो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको यस घटनामा विवादित समाचारको विषयलाई प्रेस काउन्सिलमार्फत निरूपण गर्ने सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0