नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरिँदै

Oct 16, 2026 - 07:00
 0  0
नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरिँदै

३० असोज । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ।

नवरात्रका नौ दिनसम्म नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज देवी कात्यायनीको विधिपूर्वक पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार देवी कात्यायनीलाई शक्ति, साहस र विजयकी प्रतीकका रूपमा पूजा गरिन्छ।

भक्तजनले आजका दिन श्रद्धा र भक्तिपूर्वक देवीको आराधना गरी सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने कामना गर्छन्। नवरात्रका अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गरेको छ।

घरघरमा घटस्थापनाका दिन स्थापना गरिएको जमरा र दुर्गा भवानीको पूजा आराधनालाई पनि विशेष महत्त्वका साथ निरन्तरता दिइन्छ। नवरात्रको छैटौँ दिन देवी कात्यायनीको पूजा गर्नाले भक्तजनमा आत्मविश्वास, साहस र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0