अर्घाखाँचीमा श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ
१६ असाेज,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ रामपोतमा एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएको आरोप लागेको छ।
शुक्रबार दिउँसो ४२ वर्षीय खिमबहादुर मुखियाले ३६ वर्षीया श्रीमती सुनिता मुखियामाथि मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ।
आगोबाट घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।
घटनापछि प्रहरीले खिमबहादुरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0