अर्घाखाँचीमा ट्याक्टर सडकबाट १३० फिट तल खस्दा चालकको मृत्यु
८ असाेज,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ९ः१५ बजे सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको थियो।
दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले निवासी अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0