2. लागुऔषध कारोबारमा संलग्न आरोपमा स्कुल बस चालकसहित चार जना पक्राउ
ईर्साद अन्सारी
३ कातिक,काठमाडौं । काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ८८ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा गत मंसिर १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहारस्थित मधुवनी जिल्लाका २२ वर्षीय कमलेश कुमार साह रहेका प्रहरीका अनुसार उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइनका साथै दुई थान डिजिटल तराजु, दुई लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल फोन बरामद गरिएको छ।
ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको खुलेको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0