‘हरेक नागरिकले सरकार छ भन्ने महसुस गर्नुपर्छ’ : प्रधानमन्त्री शाह

Oct 21, 2026 - 10:12
 0  2
‘हरेक नागरिकले सरकार छ भन्ने महसुस गर्नुपर्छ’ : प्रधानमन्त्री शाह

४ कार्तिक,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।

 विजयादशमीको शुभकामना सन्देश दिँदै उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका हुन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले विजयादशमीले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन्। इमानदार प्रयास, अठोट र सामूहिक मेहनतबाट समाजमा रहेका विकृति हटाउन सकिने उनको भनाइ छ।

 प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने बताएका छन्। उनले देशविदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0