पेरिसडाँडामा नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु, महाधिवेशन र आगामी कार्ययोजनाबारे छलफल
ईर्साद अन्सारी
२३ असाेज,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ। प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले यसअघि घोषणा गरिएको दुईमहिने अभियान सञ्चालन गर्ने विषयमा पनि निर्णय लिनेछ।
स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारीमा पार्टी रहेको छ। बैठकमा नेता झलनाथ खनालले सुरु गरेको समाजवादी जागरण अभियानबारे समेत छलफल हुने जनाइएको छ
। यद्यपि, खनाल भने बैठकमा सहभागी भएका छैनन्। पार्टीभित्र निरन्तर फरक मत राख्दै आएका खनालले यसअघि पार्टीबाट कारबाहीमा परेका नेताहरूसँग मिलेर छुट्टै अभियान घोषणा गरेका थिए।
उनको अभियान र पार्टीको आगामी रणनीतिबारे बैठकमा चासोका साथ छलफल हुने अपेक्षा गरिएको छ। बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको महाधिवेशन तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने विषयमा निर्णय गर्ने प्रवक्ता ज्वालाले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0