हराएको छोरा खोज्न फोन गर्दा गालीगलौज गर्ने प्रहरी हवल्दार निलम्बनमा
७ मंसिर,बारा । हराएको छोरा खोजिदिन आग्रह गर्दै फोन गरेका डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गर्ने जिल्ला प्रहरी कार्यालय रौतहट, गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो निलम्बनमा परेका छन्।
आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउँदै यादवमाथि फोनमा दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आइतबार महतोलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ।
घटनाको छानबिनका लागि दुवै प्रहरी कर्मचारीलाई शनिबार प्रदेश प्रहरी कार्यालय जनकपुर बोलाएर सोधपुछसमेत गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0