सुर्खेतमा फरुवा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
६ असाेज,सुर्खेत । चौकुने गाउँपालिका–५ रेक्चामा श्रीमानले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
मंगलबार बिहान करिब १०ः२० बजे चौकुने–५ रेक्चाका अन्दाजी ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती अन्दाजी ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरुवाले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।
फरुवा प्रहारबाट गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा बिज्ञ सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
श्रीमतीमाथि फरुवा प्रहार गर्ने गोपीराम जैसीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0