सुनसरीमा १५ लाख २० हजारको अवैध वाटरमेलन सिड बरामद

Oct 6, 2026 - 15:45
 0  5
सुनसरीमा १५ लाख २० हजारको अवैध वाटरमेलन सिड बरामद

२० असाेज,सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ केशलिया खोलाबाट प्रहरीले अवैध रूपमा ल्याइएको १५ लाख २० हजार रुपैयाँ बराबरको वाटरमेलन सिड (खरबुजा बीउ) बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सितागञ्ज र ट्राफिक प्रहरी पोष्ट दुहबीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार साँझ विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त बीउ बरामद गरेको हो।

 प्रहरीका अनुसार ३८ बोरामा रहेको १ हजार ५२० किलो वाटरमेलन सिड नियन्त्रणमा लिइएको हो। बरामद बीउको अनुमानित मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामग्री इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको र आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0