सिल तोडेर आयल निगमको डिजेल चोरी, तीन ट्याङ्करसहित एक जना पक्राउ
३० भदाै,भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगम परिसरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन्।
मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को ट्याङ्कर घटनास्थलबाट भागेपछि प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनामाथि पेट्रोलियम पदार्थ चोरीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0