सर्लाहीमा चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मनुष्मारा खोलामा मृत फेला
ईर्साद अन्सारी
१८ भदौ,सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाबाट चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादव गत आइतबारदेखि बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा बुधबार साँझ धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार बालिकाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0