सर्लाहीमा ई–रिक्सा दुर्घटना, चालकसहित सात जना घाइते
ईर्साद अन्सारी
१० मंसिर,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बाँकेचोक नजिकै ई–रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
बाँके–संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोकबाट श्रीनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ६३११ नम्बरको ई–रिक्सा बिहिबा दिउँसो करिब १२:३० बजे आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ई–रिक्सा चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका ४६ वर्षीय प्रमेश्वर महतो कोइरीसहित सात जना घाइते भएका हुन्।
घाइते हुनेमा सोही स्थानकी ७० वर्षीया सुगावती देवी महतो, महोत्तरीको गौशाला नगरपालिका–१२ पुरानो कान्तिबजारका ७० वर्षीय बलदेव राम र ४० वर्षीया सुनिता राम रहेका छन्।
त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–८ शान्तपुरका ४० वर्षीय लालबाबु माझी र उनकी ३५ वर्षीया श्रीमती बालकुमारी माझी तथा सर्लाहीको हरिपूर्वा नगरपालिका–९ का १७ वर्षीय अमलेश कुमार चौधरी पनि घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये चालक प्रमेश्वरसहित पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ।
घाइतेमध्ये छ जनाको महारानी बजारस्थित महारानी हेल्थ केयरमा र एक जनाको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी फुलजोरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा संलग्न ई–रिक्सा नियन्त्रणमा लिएर प्रहरी चौकी फुलजोरमा राखिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0