श्रीमान्सँग विवादपछि प्रहरीको शरणमा पुगेकी महिलामाथि बलात्कार तीन प्रहरी पक्राउ,एसएचओ सहित १५ निलम्बित
१७ कातिक,काठमाण्डाैं । श्रीमान्सँग विवाद भएपछि सुरक्षाको खोजीमा प्रहरी थानामा पुगेकी एक महिलामाथि प्रहरी कर्मचारीले नै बलात्कार गरेको आरोप लागेको छ।
झारखण्डको सरायकेला–खरसावाँ जिल्लास्थित गम्हरिया प्रहरी थानामा भएको उक्त घटनामा मुख्य आरोपितसहित तीन प्रहरी पक्राउ परेका छन् भने प्रहरी थानाका इन्चार्ज (एसएचओ) सहित १५ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना सन २०२६ अक्टाेबर २९ अर्थात कातिक १३ गतेकाे हाे । श्रीमान्सँग विवाद भएपछि कुटपिटको डरले महिला प्रहरीको सहयोग माग्न थानामा पुगेकी थिइन्।
प्रहरीले उनलाई राति थानाभित्रै बस्ने व्यवस्था मिलाएको थियो। सोही क्रममा प्रहरी थानामा कार्यरत वायरलेस अपरेटर नीरज लकडाले महिलामाथि बलात्कार गरेको आरोप छ।
महिलाले घटनाबारे उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न रहेको आरोपमा वायरलेस अपरेटर नीरज लकडासहित प्रहरी सहायक निरीक्षक मनोज साहु र प्रहरी जवान सन्तोष राय पक्राउ परेका छन्।
घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी थानाका इन्चार्जसहित १५ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ। घटनाको विस्तृत अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) समेत गठन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्
। घटनाले प्रहरीबाटै सुरक्षा माग्न पुगेकी महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0