वीरगन्ज कारागारबाट बिहानै कैदी फरार, खोजी कार्य तीव्र

Nov 12, 2026 - 11:03
 0  6
वीरगन्ज कारागारबाट बिहानै कैदी फरार, खोजी कार्य तीव्र

२६ कातिक,वीरगन्ज । पर्साको वीरगन्जस्थित कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन्।

फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–४, सतरियाका ३० वर्षीय सुनिल साह तुरहा रहेका छन्। प्रहरीका अनुसार कैद भुक्तान गरिरहेका तुरहा बिहीबार बिहान करिब ८ः४० बजे कारागारबाट फरार भएका हुन्।

 कैदी फरार भएको घटनाको पुष्टि गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्।

 फरार हुनुको कारण पत्ता लगाउन खोजी तथा अनुसन्धान भइरहेको उनले जनाएका छन्। कैदी कसरी कारागारबाट फरार भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

 फरार कैदीको खोजी कार्यसमेत अघि बढाइएको जनाइएको छ। घटनापछि वीरगन्ज कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

कारागारभित्रै कैदी फरार हुनुले सुरक्षा निगरानी र व्यवस्थापनमा कमजोरी रहेको हुन सक्ने आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0