रुपन्देहीबाट १ हजार २ एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

Nov 19, 2026 - 21:12
 0  12
रुपन्देहीबाट १ हजार २ एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

३ कातिक,रुपन्देही । रुपन्देहीबाट प्रतिबन्धित लागूऔषध १ हजार २ एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

 लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार मंसिर ३ गते ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–१ सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो।

 पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, महाराजगन्ज जिल्ला, सुनौली थाना निवासी २० वर्षीय प्रदीप केवट र २० वर्षीय कुलदीप सहानी रहेका छन्। प्रहरीका अनुसार उनीहरू डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन नामक नियन्त्रित लागूऔषध खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

 उनीहरूको साथबाट १ हजार २ एम्पुल लागूऔषध, तीन थान मोबाइल र भारतीय नम्बर प्लेट यूपी ५६ एए ५२१० को एक थान मोटरसाइकल बरामद गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0