रसुवा बाढीका मृतकको सम्मानमा सोमबार राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
१८ भदाै,काठमाडौं । सरकारले रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
सरकारले रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा आगामी सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। सरकारले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0