रसुवाको बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला
११ भदाै,काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ।
बाढीका कारण विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ। प्रहरीका अनुसार हालसम्म रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ गरी १६२ वटा शव फेला परेका छन्।
यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ३ हजार ३१८ प्रहरी परिचालन गरेको जनाएको छ।
प्रहरीले सम्पर्कविहीन तथा प्रभावितहरूको खोजी र उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0