रक्सौलमा बोलेरोको छतमा गोप्य तहखाना बनाएर गाँजा तस्करी, सिम्रौनगढका दुई नेपाली पक्राउ
१४ भदाै,बारा । भारतको रक्सौलस्थित मैत्री पुलमा बोलेरो गाडीको छतमा गोप्य तहखाना बनाएर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको आरोपमा बाराको सिम्रौनगढका दुई नेपाली पक्राउ परेका छन्।
सशस्त्र सीमा बल र हरैया थाना प्रहरीको संयुक्त टोलीले गाडी जाँच गर्ने क्रममा १२ पोकामा लुकाएर राखिएको करिब एक क्विन्टल गाँजा बरामद गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त सुरक्षा टोलीले नेपालबाट भारततर्फ प्रवेश गर्दै गरेको बोलेरो गाडीलाई मैत्री पुलमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको छतको भागमा सामान्य रूपमा बाहिरबाट नदेखिने गरी गोप्य ठाउँ बनाइएको फेला परेको थियो। गाडीको छतमा बनाइएको उक्त गोप्य ठाउँ खोलेर जाँच गर्दा १२ वटा पोकामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा बाराको सिम्रौनगढका रन्जन कुमार र मिसिर साह कानुलाई पक्राउ गरिएको छ। रन्जन कुमार प्रमोद पासवानका छोरा हुन् भने मिसिर साह कानु गुरुन साह कानुका छोरा रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बोलेरोको छतमा गोप्य ठाउँ बनाएर गाँजा लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको खुलेको प्रहरीको भनाइ छ।
सशस्त्र सीमा बल र हरैया थाना प्रहरीले गाँजा तथा बोलेरो गाडी नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र लागूऔषधसम्बन्धी कानुनअनुसार आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0