मुख्य राजमार्गमा पहिरो र बाढीको अवरोध कायमै, केही सडकमा एकतर्फी यातायात

Sep 21, 2026 - 06:42
 0  6
मुख्य राजमार्गमा पहिरो र बाढीको अवरोध कायमै, केही सडकमा एकतर्फी यातायात

५ अिाेज,काठमाडौं, ५ असोज। देशका विभिन्न जिल्लामा पहिरो, बाढी तथा सम्भावित बाढीका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्णरूपमा बन्द रहेको र केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।

प्रहरीका अनुसार संखुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरोका कारण कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। उक्त सडकखण्ड असोज २ गते बिहानदेखि बन्द भएको हो। काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा समयअनुसार प्रतिबन्ध लगाइएको छ।

राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन हुने तथा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी अन्य सवारी सञ्चालन गरिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध रहेका छन्।

अर्को सूचना नभएसम्म सडक सञ्चालनमा नआउने जनाइएको छ। त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

त्यस्तै बेनीघाट रोराङ गाउँपालिकाको शीतलबजार क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा, बाढी तथा पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अवरुद्ध सडकमा जबर्जस्ती आवतजावत नगर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0