महोत्तरीमा २ करोड ४० लाख मूल्यका १२ सय थान एप्पल एयरपोड्स बरामद

Sep 5, 2026 - 12:09
 0  5
महोत्तरीमा २ करोड ४० लाख मूल्यका १२ सय थान एप्पल एयरपोड्स बरामद

२० भदाै,महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका १२ सय थान एप्पल एयरपोड्स बरामद गरेको छ।

शनिबार बिहान भारतबाट अवैध रूपमा एयरपोड्स ल्याउँदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर तथा बोर्डर आउट पोस्ट खैरवनीबाट खटिएको संयुक्त टोलीले मगरथाना क्षेत्रमा गस्ती गरेको थियो।

 गस्ती टोलीमा सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशदत्त पाण्डे र सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीसहितका सुरक्षाकर्मी सहभागी थिए।

 सशस्त्र प्रहरीको टोलीलाई देखेपछि एयरपोड्स बोकेर ल्याउने व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। त्यसपछि सुरक्षाकर्मीले उक्त एयरपोड्स नियन्त्रणमा लिएका हुन्।

 बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0